फूटबलर म्याराडोनाको निधन


अर्जेन्टिना(एजेन्सी)–फूटबलका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । यसै महिनाको शुरुवातमा मस्तिष्कको क्लटिङका लागि उनको अपरेसन भएको थियो ।

म्याराडोना सन् १९८२ को विश्वकपबाट चर्चामा आएका थियो । यो विश्वकप स्पेनमा भएको थियो तर यो समयमा म्याराडोना २१ वर्षका थिए । उनी अर्जेन्टिनाका स्टार खेलाडीका रुपमा यो समयमा उदाइरहेका थिए । सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्ना उनी टिमको कप्तान थिए ।

त्यसपछि उनले बार्सिलोना र नापोली फूटबल क्लबका लागि पनि खेलेका थिए ।

प्रतिक्रिया