

सुनको मुल्य तोलामा एक हजार रुपैयाँ बृद्दि

काठमाडाैं – कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । सुन भाउ आज तोलाको ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत शुक्रवार सुन तोलामा ८९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ तोकिएको छ ।

