इन्धन बोकेको ट्याङ्कर विस्फाेट, २० जनाको मृत्यु


काठमाडाैं – लेबनानको उत्तर पश्चिमा पर्ने अक्करमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा २० जनाको ज्यान गएको छ । ७९ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको अल्जजिराले जनाएको छ ।

ट्याङ्कर विस्फाेटको कारण खुलेको छैन । लामो समयदेखि आर्थिक सङ्कटमा रहेको लेबनानले केही महिनादेखि इन्धन अभावको चुनौती समेत सामना गरिरहेको छ ।

लेबनानका पूर्व राष्ट्रपति साद अल हरिरीले ट्वीटमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै वर्तमान राष्ट्रपतिसँगै लेबनानका अधिकारीले विस्फाेटको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

उनले गएको वर्ष बेरुतमा बन्दरगाहामा भएको विस्फाेटको घटनालाई जोड्दै अहिलेका राष्ट्रपति र सरकारी अधिकारीको राजीनामाको माग गरेका छन्।

प्रतिक्रिया