स्याललाई हानेको गोली लागेर आफ्नै ३५ वर्षीय छोराको मृत्यु


पाल्पा – पाल्पामा स्याललाई हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

रब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँका स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

कर्णबहादुरले आफ्नै घरदेखि सय मिटर नजिकै मकै बारीमा आएको स्याललाई हानेको गोली छोरा धनबहादुरलाई लागेको बयान प्रहरी समक्ष दिएका छन् । प्रहरीले एक नाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया