पिएसजी पुगेपछि मेस्सीको इन्स्टाग्राम रेकर्ड तोडियो


काठमाडौं– अर्जेन्टिनी विश्व विख्या फुटबलर लियोनल मेस्सीले हालै मात्र फ्रान्सेली क्लव पेसिस सेन्ट जर्मन (पिएसजी)मा अनुबन्धन भएपछि इन्स्टाग्राममा फलोअर्स र लाइकको रेकर्ड तोडिएको छ।

२१ बर्षसम्म स्पेनी क्लव बार्सिलोनाका लागि योगदान गरेका मेस्सीलाई अनुबन्धन गर्न लालिगाको वैधानिकताले रोकेपछि यसै साता मात्र उनी फ्रान्सेली क्लवमा जोडिएका थिए।

पिएसजीमा जोडिएको तस्बिरमा मात्र उनको दुई करोड बढी लाइक आइसकेको छ भने अर्को एउटा तस्बिरले अहिलेसम्मका सबै रेकर्ड तोडि दुई करोड १८ लाख लाइक नघाएको छ।

पिएसजीले मेस्सीको स्वागत गर्नका लागि आइफिल टावर भाडामा लिएको थियो। १० नम्बर जर्सी दिनका लागि पिएसजी फरवार्ड नेयमार तयार भए पनि मेस्सीले ३० नम्बर जर्सी लिएका छन्। उनको प्रवेशसँगै पिएसजीले अब आउने च्याम्पियन्स लिगको उपाधी हात पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया