साहस उर्जाको ३५ लाख कित्ता आईपीओ आजदेखि विक्री खुला


काठमाडौं – साहस उर्जा लिमिटेडले आजदेखि सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ ।

साउन २९ गतेदेखि शुक्रवार (आज) देखि कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यमा ३५ लाख कित्ता आईपीओ लागि विक्री गर्न लागेको हो ।

आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि छिटोमा भदौ ११ गतेसम्म र ढिलोमा भदौ २७ गतेसम्म खरिद गर्न सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया