आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाई, साँझ ७ बजेसम्ममात्र पसल खोल्न पाइने (सूचनासहित)


काठमाडौं – काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासनले उपत्यकामा जारी निषेधाज्ञामा कडाई गरेको छ । पछिल्ला समयमा बढ्दै गइरहेको कोरोना संक्रमणका कारण प्रशासनले आजदेखि लागू हुने गरी निषेधाज्ञामा थप कडाई गरेको हो ।

भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको  छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको हो । त्यस्तै पसलहरु ७ बजेसम्म मात्र खोल्न पाइने पनि जनाइएको छ ।

निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

सूचनाः

प्रतिक्रिया