

महाकवि देवकोटाको घर भत्काएको विषयमा सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं – सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनुको कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका निकायका नाममा आदेश जारी गरेको छ ।
पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।
रिट निवेदनमा पूरातात्विक महत्वको घर भत्काउनु गलत भएको भन्दै त्यसले महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण गर्न आदेश हुनुपर्ने माग गरिएको छ ।

