

नेकपा सचिवालयमा प्रस्तुत प्रस्तावका विषय न्यायपालिका लक्षित होइनः प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमा न्यायपालिका सम्बन्धी विषयमा उठेका प्रश्नको मर्म न्यायपालिकालाई लक्षित नभएको जनाइएको छ।
प्रचण्डको सचिवालयले यसबारे प्रष्टोक्ति दिँदै भनेको छ,‘यही कात्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।’
प्रचण्डले राखेको प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचनाका क्रममा न्यायपालिकाका केही प्रसंगलाई जोडिएको थियो। जसको आलोचना भएपछि सचिवालयले उक्त विषयमा प्रष्टोक्ति दिएको हो।

