

विद्युत प्राधिकरणमा कुलमानको दोस्रो इनिङ्स ! (फोटोफिचर)

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्ति कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।
बुधबार उर्जा मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि प्राधिकरण केन्द्रीय कार्यालय पुगेका घिसिङले पदबहाली ग्रहण गरेका हुन् ।
गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणीसहित जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा चार वर्षका लागि नियुक्त गरेको छ ।
तस्बिरहरु:

