

शंकर पोखरेलद्वारा पदबाट राजीनामा

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् ।
प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अघि नै पोखरेलले राजीनामा दिएका हुन् ।
पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन लागेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।
एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

