बाँदरले सताएर हैरान हुनुहुन्छ ? नेपालमै बन्यो धपाउने उपकरण, यस्ता छन् विशेषता


भोजपुरमा बाँदरको आतङ्क बढेपछि बाँदर धपाउने उपकरण वितरणसँगै चलाउने विषयमा जानकारी दिँदै डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेसहित वनका कर्मचारी । तस्बिरः युवराज विष्ट/रासस

काठमाडाैं – बाँदरले सताएर हैरान हुनुहुन्छ ? अहिले बाँदर धपाउने उपकरण नेपालमै बनिसकेकाे छ । पछिल्लाे समय स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेका स्थानीय तहले किसानलाई बाँदर धपाउन उपकरण वितरण गरेको छ ।

किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि तहले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो । ‘कारबाइड’ र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बादर भाग्ने जनाइएको छ ।

बाँदरले आतङ्क मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमिन बाँझै छाड्नु पर्ने समस्या रहेकाे समाचार बारम्बार आइरहेका छन् । यस्तै समस्यालाई सम्बोधन गर्न उपकरण वितरण गरिएको समाचार पनि नआएका हाेइन । तर पनि देशभर सबै स्थानीय तहमा उपकरण पुग्न सकेकाे छैन ।

देशभर नै किसानहरूमा बाँदर साझा समस्या हो । उनीहरु पुरानै शैली बाँदर धपाउँन बाध्य छन् । बाँदर धपाउनका लागि किसानले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य हराउँदै गएकाे छ ।

हाल वितरणमा ल्याइएकाे याे प्रविधि सरल र सस्तो रहेको र यसको प्रयोगले समस्या समाधान हुने विश्वास गरिएको छ ।

 

 

प्रतिक्रिया