

मानुषी लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाले आज बुधबार देखि सर्वसाधारणमा प्राथमिक शेयर(आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजीको ३६ प्रतिशत अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ खुला गरेको हो। मानुषी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्रीमा ल्याएको छ।
जसमध्ये ० दशमल ५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ।
बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। यस वित्तीय संस्थाले जारी आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

