लोक सेवा आयोगद्धारा अधिकृत सातौँको दरखास्त सङ्कलन स्थगन


काठमाडौं – प्रदेश नं. २ स्थित प्रदेश लोक सेवा आयोगले अधिकृत सातौँ तहको दरखास्त स्थगन गरेको छ ।

आयोगको असार ३१ गते प्रकाशित विज्ञापन मध्ये प्रशासन सेवा, सामान्य प्रशासन समूहको अधिकृत सातौँ तहको रिक्त पदपूर्तिका लागि प्रकाशित बढुवा सूचना नं। ८०/०७७-०७८ को विज्ञापनमा दरखास्त सङ्कलनको कार्य रोकेको हो ।

सर्वोच्च अदालतबाट साउन २० मा भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको मङ्गलवारको निर्णयबाट बढुवा सूचनामा दरखास्त लिनेसमेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश नभएसम्मका लागि स्थगन भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया