पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना पुष्टि


काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जना संक्रमित थपिएका छन् । यो संख्या गत जेठ १९ पछिकै सबैभन्दा धेरै संख्या हो ।

गत २४ घन्टामा १९ हजार १ सय २३ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोरोनामुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ६ लाख ७३ हजार १ सय ९८ जना कोरोनामुक्त भएका छन् भने १० हजार १५० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया