नोबेल शिक्षण अस्पतालमा दुई संक्रमितको मृत्यु


विराटनगर – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी रामधुनीका एक पुरुष र धरानकी एक महिलाकी मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका उपचारका क्रममा कोरोना संक्रमण पुष्टी भएका सुनसरी रामधुनीका १ पुरुषको मंगलबार राती पौने १२ बजे मृत्यु भएको अस्पतालका व्यवथापक नारायण दाहालले बताए ।

दाहालका अनुसार ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि परिवारले मंगलबार दिउँसोमात्र अस्पताल ल्याइपुर्याएका थिए, त्यसपछि पीसीआर परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि राति ९ः१५ बजेतिर नोबेलमै मृत्यु भएको छ । दाहालका अनुसार महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।

महिलामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको उनले बताए । अस्पतालले दुवै मृतकमा कुनै दीर्घ रोग भएरनभएको बारेमा केही पनि खुलाएको छैन । दुवै शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको दाहालले बताए ।

प्रतिक्रिया