नासाको ब्ल्याक होलको तस्वीरबारे फरक टिप्पणी


वासिङ्टन – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ब्ल्याक होलको यस्तो तस्बिर सेयर गरेको छ, जसलाई देखेर मानिसहरु फरक फरक तरिकाले टिप्पणी गरिरहेका छन्। कोहि यो तस्वीरमा कार्टुन देखीरहेका छन्, कोहि यसलाई एक सुन्दर औंठी भन्दै छन् ।

ब्ल्याक होल हाम्रो ब्रह्माण्डमा सबैभन्दा रहस्यमय मानिन्छ । यस सम्बन्धमा दशकौंदेखि अनुसन्धान चलिरहेको छ र समय समयमा केही अचम्म लाग्दो जानकारी अगाडि आउँछ। नासाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा चन्द्र एक्स-रे स्पेस टेलीस्कोपको सहयोगमा लिएको ब्ल्याक होलको तस्वीर साझा गरेको छ।

यो तस्वीरमा धेरै रिंगहरु ब्ल्याक होल र यसको किनारहरुमा देखिएका छन् । तस्बिर देखेपछि मानिसहरु फरक फरक टिप्पणी गर्दैछन्। कोहीले भने कि यो पोकेमोन कार्टुनको बल हो । नासाले आफ्नो पोस्टमा भन्यो कि यो अबजरभेसनको सहयताले हाम्रो आकाशगंगामा धूलोको बारेमा नयाँ कुरा थाहा भएको छ।

प्रतिक्रिया