

सल्लाह नगरी मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव गर्न लागिएको हो?

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारका लागि बोलाएको मन्त्रिपरिषदको बैठकमा उर्जामन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्तिको प्रस्ताव तयार पारेको चर्चा सुरु भएको छ।
प्रधानमन्त्री देउवासँग कुनै परामर्श नगरी नै उक्त प्रस्ताव तयार पारिएको चर्चा सतहमा छ। तर, के त्यस्तो भएको हो?
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार के कस्ता प्रस्ताव तयार पारिएका छन् भन्ने सन्दर्भमा जानकारी छैन। यसअघि कुलमानको नियुक्तिको विषयमा व्यापक चर्चा भएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरेका थिए।
उनले सहज ढंगले छाड्न सकिने भएता पनि हटाउने धृष्टता गरेको खण्डमा भने कानुनी ढोका ढकढक्याउने चेतावनी दिएका थिए। प्रधानमन्त्री देउवाले भने तत्काल कुलमान नियुक्तिका लागि खासै चासो नदेखाएको बताइन्छ।

