लुम्बिनीको अविश्वास प्रस्ताव दर्ता फिर्ताको माग गर्दै सर्वोच्चमा रिट


बुटवल – नेकपा एमालेका लुम्बिनी प्रदेश सभाका सदस्यले अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालत रिट दर्ता भएको छ ।

प्रदेश सभा सदस्य लीला गिरीले अविश्वास प्रस्ताव फिर्ता गर्न माग गर्दै दिएको रिट सर्वोच्चमा दर्ता भएको पनि सर्वोच्च स्रोतले जनाएको छ ।

त्यसअघि प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले काठमाडौंमा रहेका सत्ता पक्षका प्रदेश सभा सदस्यहरु रिट लिएर सर्वोच्च गएको बताएका थिए । ‘संविधानको धारा १६८ (१) अनुसार नियुक्त मुख्यमन्त्रीविरुद्ध दुई बर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइदैन, तर संविधानसंग बाझिने गरी प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता र विशेष अधिवेशन आह्वान गरिएकाले हामी सर्वोच्च गएका हौं’ उनले भने ।

प्रतिक्रिया