

सुनको मूल्य तोलामा एक हजार रुपैँयाले घट्यो

काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुनको मूल्य तोलाको ९० हजार थियो ।
तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले घटेर ८८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तेजाबी सुनको मूल्य ८९ हजार पाँच सय ५० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

