

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाण र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा भएको भेटवार्तामा राजदूत यान्छीले सरकारको सफलताको शुभकामना दिएकी थिइन्।
मन्त्रालयमा भएको भेटवार्तामा नेपाल(चीन मित्रतालाई थप उचाइमा पुर्याउन चाहेको यान्छीले उल्लेख गरेकी थिइन्। गृहमन्त्री खाणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको सहयोगबारे धन्यवाद दिएका थिए।
चीनले कोरोना खोप उपलब्ध गराएकोमा गृहमन्त्री खाणले धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ।

