

भदौ ५ सम्मका परीक्षा नरोक्ने त्रिविको निर्णय

काठमाडौं – हाल सञ्चालनमा रहेको स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू नरोकिने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय भएको बताए।
कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू निरन्तर सञ्चालन गर्ने कि के गर्ने भन्नेबारे आज त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठक बसेको थियो।
केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुँदैछ।

