जिप दुर्घटनामा परी ५ को मृत्यु, चार घाइते, चालक फरार


बैतडी — बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । झुलाघाँटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको ना १ ज २१९६ को जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ७ का पारवती चन्द तथा अर्की पारवती चन्द, दनपा ४ भगीरथ पाण्डे, दनपा २ कृष्ण लावड र सुर्नयाँ ४का कलावती चन्द रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै रविन्द्र चन्द, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट, प्रदिव लावड घाइते भएका छन् ।

उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याइएको छ । जिप सडकबाट करीब सय मिटर तल खसेको भने भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण यकिन हुन नसकेको बैतडीका प्रहरी नायब उपरिक्षक नारायण अधिकारीले जानकारी दिए । ।

प्रतिक्रिया