ओलम्पिक पदक तालिकामा चीनलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा


टोकियो – जापानमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकको पदक तालिकामा चीनलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा उक्लन सफल भएको छ ।

जारी खेलको अन्तिम आज (आइतबार) बिहान साढे १० बजेसम्म ३३३ स्वर्णको छिनोछानो भएको प्रतियोगितामा अमेरिकाले सर्वाधिक ३८ स्वर्ण, ३९ रजत र ३३ कास्यसहित कुल ११० पदकसहित शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार बिहान भएको महिला बास्केटल र साइक्लिङ ट्राकमा स्वर्ण जित्दै चीनसँग स्वर्णमा बराबर गरेको हो।

यस्तै दोस्रो स्थानमा झरेको एसियाली मुलुक चीनले समान ३८ स्वर्ण जिते पनि रजत र कास्यमा पछि परेको हो। चीनले ३१ रजत र १८ कास्यसहित कुल ८७ पदक जितेको छ।

यस्तै घरेलु टोली जापान २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदकसहित तेस्रो स्थानमा कायमै छ।

यस्तै २१ स्वर्णसहित बेलायत तेस्रो स्थानमा उक्लिएको छ। उसले २१ रजत र २२ कास्य जितेको छ। यस्तै २० स्वर्णसहित रसियन ओलम्पिक कमिटी चौथो र १७ स्वर्णसहित अष्ट्रेलिया पाँचौ स्थानमा छ। नेदरल्याण्ड, जर्मनी र इटालीले समान १०/१० स्वर्ण जितेका छन्।

फ्रान्सले ९ स्वर्ण जित्दा क्यानडा, न्यूजिल्याण्ड र ब्राजिलले समान ७/७ स्वर्ण जितेका छन्। हंगेरी, दक्षिण कोरिया र क्यूवाले समान ६/६ स्वर्ण पदक जितेका छन्।

प्रतिक्रिया