जापानले दिने १६ लाख डोज खोप मध्यको दोस्रो खेप आज आईपुग्ने


काठमाडौं – जापान सरकारले नेपाललाई सहयोगमा दिएको १६ लाख डोज एस्ट्राजनिका खोपको दोस्रो खेप आज काठमाडौँ आइपुग्ने भएको छ ।

आज द्स्रो चरण अन्तर्गत थप २ लाख ८७ हजार डोज खोप नेपाल आईपुग्ने भएको हो ।

हिजो पहिलो चरणको ५ लाख १३ हजार डोज खोप आइसकेको छ भने आज थप दुई लाख ८७ हजार डोज खोप आउने भएको हो ।

बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । एस्ट्राजेनेका खोप आएसंगै यसअघि कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकहरुलाई भोलिदेखि दोस्रो डोज दिन शुरु गरिने भएको छ ।

प्रतिक्रिया