नगरप्रमुखलाई कार्यालयको सोफामै मसाज !


जनकपुरधाम – धनुषाको बिदेह नगरपालिकाका नगरप्रमुखको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ ।

विदेह नगरपालिका नगरप्रमुख बेचन दासले कार्यालयभित्रै सोफामै सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन कार्यालयको सोफामा पल्टिएर कार्यालय सहयोगी करण दासलाई मसाज गराइरहेको देखिएको छ ।

कोठाभित्र मसाज गराएको तस्वीर सामाजिक संजालमार्फत बाहिरिएपछि नगरप्रमुख बेचनको तीब्र आलोचना भएको छ ।

यससम्बन्धमा नगरप्रमुख दाससँग सम्पर्क गर्दा आफूले कोरोनाविरुद्धको खोप लगाउँदा कार्यालयमै बिरामी परेकोले नाताले भाई पर्ने करणलाई मसाज गरिदिन आग्रह गरेको बताए । नगरप्रमुख दासले भने, ‘जेठमा कोरोनाविरुद्ध दोस्रो खोप लिंदा कार्यालयमै बेहोस जस्तो भएको थिएँ त्यसैले भाइ पर्ने करणलाई मसाज गरिदिन आग्रह गरेको थिएँ कसैले झ्यालबाट खिचेर बाहिर ल्याइदिएछ।’

एक्कासी बेहोस जस्तै भएको र शरीर पनि काप्न थालेको अवस्थामा मसाज गर्न लगाएको बताउँदै उनले यसलाई अतिरञ्जित नगरी सामान्य रूपमा लिनुपर्ने समेत बताए ।

प्रतिक्रिया