

कृषि मन्त्रालयले डीडीसीसँग माग्यो यथार्थ विवरण

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूग्ध विकास संस्थान (डीडीसी) सँग स्पष्टीकरण माग गरेको छ ।
उपभोक्तालाई म्याद गुज्रिएको बटरबाट बनेको घिउ बिक्री गरेको घटनाबारे यथार्थ विवरण मन्त्रालयलाई पेश गर्न डीडीसीलाई चार दिनको समय दिइएको मन्त्रालयले जनाएको छ ।
म्याद सकिएको बटर बिक्री प्रकरणमा डीडीसीलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका पशुपन्छी विकास सचिव डा.कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
डीडीसीको लिखित जवाफपछि बटर प्रकरणमा मन्त्रालयको धारणा सार्वजनिक गरिने पनि उनले बताए । जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले यसलाई मन्त्रालयले गंभिर ढंगले लिएको पनि सचिव आचार्यले बताए ।

