

तुइन घटना प्रकरण : छानबिन टोली हेलिकप्टर चढेर मालघाट पुग्यो

कैलाली – गृह मन्त्रालयले दार्चुला घटनाबारे सत्य तथ्य पत्ता लगाउन भन्दै गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ ।
छानबिन टोली बिहीबार पैदल हिँडेर घटनास्थल मालघाट गएको थियो । भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा नेपालतर्फका स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।
राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका स्थानीयहरुले नेपालतर्फ पनि आएर छानबिन गर्नुपर्ने माग गरेका थिए । घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन न टोली गठन गरेको छ । छानबिन टोलीलाई सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ ।

