सांसद राजभण्डारीद्वारा बाढी पहिरो व्यवस्थापन समन्वय समितिलाई सहयोग


काठमाडौँ – नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले काँग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गरेका छन् ।

देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिराका कारण पुगेको जनधनको ठुलो क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरापीडितलाई राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएको समितिलाई सांसद राजभण्डारीले बिहीबार रु एक लाख एक हजार आर्थिक सहयोग गरेका हुन्।

उक्त समितिको सहसंयोजक समेत रहेका सांसद राजभण्डारीले समितिका संयोजक एवं काँग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतलाई उक्त रकम हस्तान्तरण गरे। देशभर बाढी पहिराले क्षति पुर्‍याएपछि काँग्रेसले केन्द्रीय सदस्य बस्नेतको संयोजकत्वमा ११ सदस्यीय समिति निर्माण गरेको थियो । उक्त समितिको सहसंयोजकमा राजभण्डारी, सचिवमा काँग्रेस केन्द्रीय सदस्य किरण गिरी, कोषाध्यक्षमा केन्द्रीय सदस्य कल्पना चौधरी रहेका छन् ।

यस्तै सदस्यमा काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर गुरुङ, प्रतिनिधिसभा सदस्य रामबहादुर विष्ट, पूर्व सांसद बहादुरसिंह थापा, संविधानसभा सदस्य राजीवविक्रम शाह, तीर्थबहादुर लामा, महासमिति सदस्य ललितजङ्ग शाही, देवराज चालिसे र नागिना यादव रहेका छन्। उक्त समन्वय समितिले बाढीपहिराको क्षतिको आकलन गरी पीडितलाई राहतकार्यमा सहयोग पुर्‍याइनेछ ।

प्रतिक्रिया