अनुकरणीय भूमिकामा देखिँदै प्रहरी निरीक्षक खड्का


काठमाडौं – प्रत्येक सार्वजनिक सवारीसाधनमा गई स्वास्थ्य मापदण्डको बारेमा सचेता प्रदान गर्ने दैनिकी नै बनिसक्यो कंलकी ट्राफिकलाई।

पछिल्लो समय सामाजिक र समाजसेवी प्रहरी निरीक्षकको भूमिकामा चिनिएका शंकर खड्का नयाँ र नौला कार्य गरेर चर्चामा आइरहने नाम हो।

विभिन्न युनिटहरूमा बसेर काम गरिसकेका खड्का कहिले गाउँसमाज त कहिले विद्यालय पुगेर जनचेतनामूलक सन्देश प्रभाव गराइरहेको भेटिन्थे।

रोल्पाका गाउँबस्ती होस या राजधानीका ग्रामिण बस्तीमा पुगेर आफूले सक्दो सहयोग गर्ने र अन्यायका विरूद सँधै कठोर भएर लाग्ने कारण पनि उनी समुदायमा राम्रोसँग परिचित हुने गर्दछन्।

विभिन्न जनचेतनामूलक लेख, सन्देश राष्ट्रिय सञ्चारमाध्यमहरूमा लेखिरहने हुँदा पनि उनको नाम आमजनमानसमा परिचित छ।

महानगरीय प्रहरी प्रभाग बलम्वुमा रहँदा चन्द्रागिरिमा उत्कृष्ट काम नामले समाजमा उदहारणीय बनाएको छ प्रहरी निरीक्षक खड्कालाई। खड्का अहिले महानगरीय प्रहरी प्रभाग कलंकीको प्रमुखको रुपमा कार्यरत छन्।

आएको छोटो समयममा नै हरेक सामाजिक एवं अफिसियल गतिविधिमा उनी अनुकरणीय भूमिकामा देखिँदै आएका छन्।

कहिले तपाईं मास्क खै? अभियान, त कहिले दुर्घटनाबाट आफू पनि बचौंं र अरूलाई पनि बचाउँ, त कहिले सुरक्षित सडक बनाउ भन्दै बाटोमा आफैं प्लेकार्ड बोकेर बसिरहेको भेटिन्छन्।

प्रहरी निरीक्षक खड्काको कामको मुल्यांकन गर्दै चन्द्रागिरि नगरपालिकाले पनि सडकसँग सम्बन्धित विभिन्न किसिमका होडिङ बोर्ड, बोड, ब्यानर, जनचेतनामूलक स्टिकर मास्क समेत सहयोग गर्दै आइरहेको छ।

पछिल्लो समय महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईको मार्ग दर्शन र निर्देशन पुनः पालना गर्ने शिलशिलामा सार्वजनिक गाडीमा कोरोना संक्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गर्न र स्वास्थ्य मापदण्ड पालना र सुरक्षित यात्रा बनाउन दिएको निर्देशन कार्यान्वयनमा लागि पर्दै आइरहेका छन् र यो खड्काका लागि दैनिकी जस्तै बनिसकेको छ।

ट्राफिक महाशाखाले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चेकमा ट्राफिक प्रहरीले पर्चा, पम्प्लेट र प्लेकार्डमार्फत सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ। दुर्घटना, जाममुक्त र प्रविधियुत्त ट्राफिक व्यवस्थापन हुनुपर्छ भन्ने मान्यता राख्ने महाशाखा प्रमुख भट्टराई पनि आफ्ना हरेक युनिट चुस्तदुरूस्त र ट्राफिक व्यवस्थापन अनुकरणीय हुन् भन्ने चाहान्छन्।

प्रहरी निरीक्षक खड्का चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गरिरहेका भेटिन्छन्।

सडक सुरक्षा र स्वास्थ जीवनका लागि चालकदेखि यात्रुहरूलाई १ मिनेट राखेर जनचेतनामूलक कार्यक्रम कलंकी ट्राफिकले गर्दै आइरहेको छ।

‘स्वास्थ्य मापदण्ड पालना, ट्राफिक नियमकोबारे जानकारी, भाडादरकोबारे जानकारी तथा सडक सुरक्षाबारे चेतनामूलक कार्यक्रम हामीले गरिरहेका छौ,’ प्रहरी निरीक्षक खड्काले भने ।

लकडाउन पश्चात पछिल्लो समयमा सवारी साधनहरु सञ्चालनमा आएसँगै सवारी दुर्घटना समेत बढ्न सक्ने सम्भावनालाई मध्यनजरमा राखी सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्दै कोभिड—१९ सम्बन्धि समेत जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ।

उनले भने, ‘यस कार्यक्रम अन्तर्गत सडकमा खटिएको ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्ने काम गर्छन्, अनि सवारी चालकलाई सम्मानपूर्वक नमस्कार गर्छन्। त्यसपछि कोरोनाभाइरस (कोभिड—१९) बाट बच्नको लागि स्वास्थ्य मापदण्डको कुरा पालना गर्न हामीले स्मरण गराउने गर्दछौं।’

प्रहरी निरीक्षक खड्काले मास्क नलगाएका बालबालिका, वद्धहरूलाई निशुल्क वितरण गर्दै आइरहेका छन्। हो जनजनमा नेपाल प्रहरी मनमनमा नेपाल प्रहरीको नारालाई उच्च र मर्यादित बनाउन असल पुलिस र नागरिकमैत्री प्रहरी सेवाले नै संगठनलाई बलियो र प्रहरी मेरो साथी र समुदाय प्रहरी साझेदारीलाई चरित्रता प्रदान गराउन तिर मार्ग दर्शन गराउनेमा कुनै दुई मत हुँदैन्।

प्रतिक्रिया