
गृहमन्त्री खाँण र प्रदेश नं. २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटवार्ता गरेका छन् ।
प्रदेश नं. २ को विकास र कोरोना महामारीको निययन्त्रणका बारेमा जानकारी लिने उद्देश्यले भेट गरेको गृहमन्त्री बालकृष्ण खाँणले जनाएका छन् ।
गृहमन्त्री खाँणले उक्त अवसरमा प्रदेश नं. २ का जनतालाई खोप लगाउनका लागि उत्प्रेरित गर्नका लागि पहल गरिदिनका लागि मुख्यमन्त्री राउतसँग आग्रह गरेका छन् ।
उक्त अवसरमा संघीय सरकार र प्रदेश सरकारबीचको सम्बन्धलाई मजबुत गरी देश र जनताको पक्षमा काम गर्नका लागि पनि गृहमन्त्री खाँणले आग्रह गरेको बताएका छन् ।



कागजपत्र |
