पछिल्लो २४ घण्टामा ३३८३ जनामा कोरोना पुष्टि, २४ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ जना र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २४ जनाको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म ३२ हजार ५९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया