

प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर विराटनगर आकस्मिक अवतरण गरेको छ ।
ताप्लेजुङको घुन्साबाट इलाम जाने क्रममा खराब मौसमका कारण इलामको जौबारीमा बस्न नसकेपछि विराटनगर विमानस्थलमा हेलिकोप्टर अवतरण गराइएको जनाइएको छ ।
घुन्सामा प्रधानमन्त्रीले स्वास्थ्य केन्द्रको उद्घाटन गरेपछि इलामको जौबारी जाने कार्यक्रम थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेकपाका नेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितका नेता विमानस्थलको विशिष्ट कक्षसम्म आए पनि प्रधानमन्त्री ओली भने हेलिकोप्टरबाट नओर्लिएको जनाइएको छ ।
प्रधानमन्त्री आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।

