

देशभर थप १९८० संक्रमित, ३०४३ डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १९८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेका छन् ।
यस्तै बितेको २४ घण्टामा ३०४३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप १६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।

