बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका छन् ।

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पार्न सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलले सहमति जुटाएको अवस्थामा आज मन्त्रिपरिषद् विस्तारको सम्भावना रहेको भए पनि सहमति जुटाउन नसक्दा शीर्ष नेताहरूको छलफल नै सरेको थियो । परिषद्को सोमबार (हिजो) बस्ने नियमित बैठकसमेत स्थगित भएको थियो ।
सरकारले के काम गर्ने र सरकार सञ्चालन कसरी गर्ने भन्ने सैद्धान्तिक विषयमा टुङ्गो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भनिएको छ । आज पनि कार्यदलको बैठक बस्ने र दस्ताबेजहरूको मस्यौदाबारे टुङ्गो लगाएपछि शीर्ष तहमा छलफल हुने जनाइएको छ ।

बैठकका प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागिता रहनेछ ।

प्रतिक्रिया