पूर्वमाओवादी केन्द्रका चार नेताको रिटको सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा


काठमाडौँ – नेकपा माओवादी केन्द्रले कारवाही गरेका ४ सांसदहरुको रिटमाथिको आज आज पुनः पेशी तोकिएको छ।

प्रधानन्यायाधीश न्यायाधीश चोलेन्द्रशमशेर राणाले उक्त रिटको सुनसवाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकेका छन्।

एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले सांसदबाट हटाएका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिट हालेका थिए। आफूहरू अझै पनि एमालेमा प्रवेश नगरेको जिकिरसहित उनीहरुले सांसद पद पुनर्बहाली मागसहित सर्वोच्चमा रिट दिएका थिए।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि उनीहरू एमालेमा प्रवेश गरेका थिए। माओवादी केन्द्रले उनीहरूलाई गत चैत २६ गते संघीय सांसद पदबाट हटाउने निर्णय लिएको थियो।

प्रतिक्रिया