सुनको मूल्यमा गिरावट


काठमाडौँ । साताको दोस्रो दिन सोमवार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँ थियो। यस्तै नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसै गरी आज (सोमवार) चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया