माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ – माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेपछि स्थगित गरिएको हो ।

सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउने आजको बेठकको तयारी थियो । आइतबार पनि स्थायी कमिटीको बैठक बसेको थियो ।

सरकारमा हाल माओवादी केन्द्रका दुई मन्त्रीहरू सहभागी छन् । पम्फा भुसाललाई ऊर्जा र जनार्दन शर्मा‘प्रभाकर’लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया