परीक्षा बिग्रिएको भन्दै सुर्खेतमा एक युवतीले गरिन् झुन्डिएर आत्महत्या


सुर्खेत । सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै झुन्डिएर आत्महत्या गरेकी छन् ।

पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्रहरी स्रोतका अनुसार २९ बर्षीया कँडेलले आत्महत्या गर्नुअघि सुसाइड नोटमा बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको कारण आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ ।

कडेँल आइतबार दिउँसो १२ बजेतिर कोठाभित्र पङ्खामा पासो लगाएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्ती बताए । उनले भने, ‘आइतबार दिउँसो १२ बजेतिर झुण्डिएको अबस्थामा हामीलाई खबर आएको थियो । त्यसपछि हाम्रो अनुसन्धान टोली त्यहाँ पुगेको थियो । घटनाको थप अनुसन्धान भईरहेको छ ।’

मृतक कँडेलको शवको पोस्टमार्टम भएपनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ।

डिएसपी घर्तीका अनुसार उनी जल तथा मौसम विज्ञानको कार्यालयमा उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । कृष्णा कार्यालय हेरालु(चौकीदार) को रुपमा कार्यरत छिन् ।

प्रतिक्रिया