

कर्णाली नदीमा १० जना सवार डुंगा दुर्घटना, ३ जना बेपत्ता

कैलाली – कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् ।
कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका-४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।
डुंगामा १० जना सवार रहेको र उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य पाँच जना सकुशल छन् ।
बेपत्ता हुने हरुमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० महिने छोरा रहेका छन् ।
घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरबाट प्रहरी टोली खोज तथा उद्धार कार्यमा खटिएको छ ।

