

अफगानिस्तानको तीन वटा मुख्य शहरमा तालिवानको भिषण हमला

काबुल – अफगानिस्तानका मुख्य तीन शहरमा तालीवान बिद्रोहीेले भिषण आक्रमण गरिरहेको छ । पछिल्लो समय देशको अधिकांश ग्रामिण क्षेत्र नियन्त्रणमा लिइसकेको तालिवान विद्रोहीले अब आफ्नो ध्यान शहरतर्फ केन्द्रित गरेको छ।
सोहीक्रममा हिजोबाट कान्दाहार, हेरात र लस्कर गाह शहर कब्जा गर्न भिषण आक्रमण गरिरहेको छ । ती शहरमा सरकारी सेनाले कडा प्रतिरोध गरिरहेका छन् । तर विदेशी सेनाले अफ्गानिस्तान छाड्दै गर्दा एकाएक शक्तिमा आएको तालिवान विद्रोहीलाई परास्त गर्न भने निकै कठिन देखिएको छ ।
आगामी सेप्टेम्बर सम्ममा अफगानिस्तानबाट सम्पूर्ण बिदेशी सेना फिर्ता जाने घोषणा भए लगत्तै तालीवानी बिद्रोहीले हिंसात्मक गतिबिधी तीब्र पारेका हुन् । यसअघि उनीहरुले इरान र पाकिस्तानसँग जोडिएका महत्वपूर्ण सीमा नाकाहरु नियन्त्रणमा लिइसकेका छन् । तालीवानी बिद्रोहीले बेलायती सेना रहेको हेलमन्द प्रान्तमा पनि आक्रमण गरेको छ ।

