

प्रधानमन्त्री ताप्लेजुङको घुन्सामा, इलाम जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश १ स्थित ताप्लेजुङको घुन्सा पुगेका छन् । घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न सोमबार हिमाली गाउँ घुन्सा पुगेका हुन् ।
घुन्सामा स्वास्थ्यचौकी उद्घाटन गरेपछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ। यसअघि कात्तिक २६ गते बीओपीको निरीक्षण गर्न प्रधानमन्त्री ओलीले संखुवासभा गएका थिए।
प्रधानमन्त्री ओलीसँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगेश भट्टराईका साथै नेकपा नेता सुवासचन्द्र नेम्बाङ पनि छन्।

