

पछिल्लो २४ घण्टामा थप ३१०६ जनामा कोरोना पुष्टि, २३ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएका छन् ।

