

दार्चुला घटना प्रकरण: भारतीय दूतावाससँग स्पष्टीकरण लिन वाइसिएलको माग

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले दार्चुला घटनाका सम्बन्धमा भारतीय राजदूतावाससँग स्पष्टीकरण लिन सरकारसँग माग गरेको छ ।
शनिबार सो संगठनले एक विज्ञप्ति जारी गरी संगठनले भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवम् मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति उपलव्ध गराउन समेत माग गरेको हो ।
शुक्रबार बिहान साढे ८ बजे दार्चुलाको व्यास गाउँपालिका, वडा नं. २ स्थित मालघाटबाट सोही स्थान निवासी ३० वर्षीय जयसिंह धामी भारतको पिथौरागढस्थित पांगल जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी झिकिदिएको बताइएको छ । त्यसपछि उनी महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।
विज्ञप्ति सहित :

