प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए पद तथा गोपनियताको सपथ


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई पद तथा गोपनियताको सपथ दिलाएका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले आयोगका सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको थियो ।

सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र लिम्बुले आजै पदभार पनि ग्रहण गरेका छन् ।

 

प्रतिक्रिया