

पछिल्लो २४ घण्टामा ३८४० जनामा संक्रमण पुष्टी, ३३ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३८४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हालसम्म नेपालमा ७ लाख ४६ हजार ६ सय ५७ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८ सय ८ जनाको कोरोना परिक्षण गरिएकोमा ३ हजार ८४० जनामा कोरोना पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाको संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ९ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।

