

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ – गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जीप मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाका घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

