


चार बर्ष गुमनाम अख्तियारबाट बर्खास्त तत्कालिन प्रमुख आयुक्त लोकमानले ल्याए ‘लोकगीता’

काठमाडौं– सर्वोच्च अदालतले पदबाट बर्खास्त गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्की चार बर्षसम्म गुमनाम थिए।
पदच्युत भएपछि क्यानडा पुगेका उनी नेपाल फर्केपछि भने ७०८ पृष्ठ लामो ‘लोकगीता’ पुस्तकमार्फत सार्वजनिक भएका छन्। उनले चार बर्षमा पूर्वीय दर्शनदेखिका विविध अध्यात्मिक चिन्तनका विषयमा पुस्तक प्रकाशनसँगै फेरि चर्चामा आएका छन्।
पिता भूपालमानसिंह कार्कीको नाममा स्थापित भूपालमानसिंह प्रज्ञा परिषदको प्रकाशनमा ल्याइएको लोकगीता झन्डै बेदजत्तिकै ठूलो पुस्तकको आकारमा रहेको छ।

