ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारेबार ?


काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

गत सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलबार ३०० रुपैँयाले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य भने आज मंगलबार पनि स्थिरता कायम हुँदै प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया