पाइप राख्न खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु


दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चार लेन सडक निर्माण क्रममा ह्युमपाइप राख्न खनिएको खाल्डोमा रा ६ प ७२५ नम्बरको मोटरसाइकल खस्दा त्यसमा सवार चूडामणि भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भण्डारीको घर तुलसीपुर उपमहानगरपालिका -१०, राइखल्यान रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले भण्डारी कति बजे दुर्घटनामा परेका भन्नेबारे थाहा हुन नसकेको जानकारी दिए।

बिहान स्थानीयहरूले खाडलमा दुर्घटनाग्रस्त मोटरसाइकल र मानिस देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव पोस्टमार्टम गर्न अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

प्रतिक्रिया